site stats
बाह्रखरी :: Baahrakhari
खेल
तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न अशोक स्पेन जाने

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न बुधबार स्पेनको एलिकान्टे जाने भएका छन् ।

विश्व ओलम्पिक तेक्वान्दो महासंघको आयोजनामा हुने प्रतियोगिता फेब्रुअरी २ देखि ४ तारिखसम्म हुनेछ । उनले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य अञ्जन धमलाले अशोकलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २२:२९
प्रतिक्रिया दिनुहोस्