site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्कृष्ट पुनरागमनसहित इटालीका सिनरले जिते अस्ट्रेलियन ओपनको उपाधि

काठमाडौं । ड्यानिल मेडभेडेभविरुद्ध दुई सेटले पछि परेको अवस्था उल्ट्याउँदै इटालीका यानिक सिनरले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन–२०२४ को उपाधि जितेका छन् ।

आइतबार अस्ट्रेलियाको मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न रोमाञ्चक फाइनलमा २२ वर्षीय युवा सिनरले मेडभेडेभविरुद्ध ३–२ को सेटमा जित निकाल्दै पहिलोपटक ग्रान्डस्लामको उपाधि जितेका हुन् ।

रोड लभेर एरिनामा मेडभेडभविरुद्ध सिनरले सुरुका दुई सेट ६–३, ६–३ ले गुमाएका थिए । तर, त्यसपछिका तीन सेटमा ६–४, ६–४, ६–३ को उत्कृष्ट पुनरागन जित निकाल्दै सिनर च्याम्पियन बने । मेलबर्नमा यी दुईबीचको फाइनल कुल तीन घण्टा ४४ मिनेटसम्म चलेको थियो ।

“सर्वप्रथम यो उत्कृष्ट खेलका लागि मेड्भेडेबलाई धन्यवाद दिन चाहन्छु । यसअघि मैले हरेकपटक उनीविरुद्ध खेल्दा नयाँ अनुभव लिने मौका पाए । म मेड्भेडेबलाई पनि यो उपाधि जित्नका लागि सुभकामना दिन चाहन्छु,” जितपछि सिनरले भने ।

उनले अगाडि भने, “उनले यो उपाधि जित्न सक्नेछन् भन्ने मेरो विश्वास छ । मसँगै रहेका टिमका सबैलाई धन्यवाद दिन चाहन्छु । हामी हरेक दिन अझ राम्रो गर्ने प्रयास गर्‍यौँ । उहाँ आएर मलाई समर्थन गर्नुहुने सम्पूर्णमा धन्यवाद । घरबाट मलाई हेरिरहनु भएका मेरो परिवार आज यहाँ सँगै हुन् भन्ने मेरो चाहना थियो । मेरो हरेक परिस्थितिमा साथ दिने परिवारलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

जितसँगै अस्ट्रेलियन ओपनको च्याम्पियन बन्ने सिनर इटालीका पहिलो खेलाडी बने । यस्तै, उनी समग्रमा ग्रान्डस्लामको उपाधि जित्ने दोस्रो इटालीयन खेलाडी बने । सिनरअघि सन् १९७६ मा इटालीका एड्रियानो पानाटाले फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro