देश

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा सञ्चालित पवन प्रकृति विद्यालयमा १०५ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । टीकाथलीस्थित एभ्री डे हेल्थ केयर र कस्तुर्व डेन्टलको सहयोगमा शनिबार विद्यालय परिसरमा उनीहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।
शिक्षक, विद्यार्थी र अभिभावक गरी १०५ जनाको ब्लडप्रेसर, सुगर र दाँतको सामान्य स्वास्थ्य परीक्षण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भुवन पौडेलले जानकारी दिए ।
स्वास्थ्य परीक्षणमा सहभागी चिकित्सक डा. आरके मिश्राका अनुसार, शिविरमा उच्च रक्तचाप र मधुमेहका बिरामी धेरै भेटिएका थिए ।
प्रकाशित मिति: आइतबार, माघ १४, २०८० १६:१२
प्रतिक्रिया दिनुहोस्