site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लामो समयको रुघाखोकी निमोनिया हो ? कस्तो अवस्थामा चिकित्सक कहाँ पुग्ने ?

काठमाडौं । निमोनियाका धेरै कारणहरू हुन्छन्, त्यसमा पनि चिसो मौसममा निमोनियाको सम्भावना बढी हुन्छ । जाडोयाममा मौसमको आद्रता सुक्खा हुन्छ र प्रदूषण पनि बढी हुन्छ जसकारण ब्याक्टेरियाको संक्रमण गराउने वातावरण बन्छ ।

अन्य स्रोतमा भएका संक्रामक जीवाणुहरूबाट बच्न सकिने भएपनि हावामा भएका जीवाणुहरू श्वासप्रश्वास हुँदै फोक्सोसम्म पुग्नसक्छन् । यसरी भित्र पुगेका जीवाणुले फोक्सोको भित्तामा पुगेर आक्रमण गर्छन् र त्यहाँ तरल पदार्थ जम्मा हुनपुग्छ ।  

यही अवस्था निमोनिया हो । निमोनियाले श्वासप्रश्वास प्रक्रियामा अवरोध उत्पन्न हुन्छ र अक्सिजनको कमी गराइ गम्भीर समस्या निम्त्याउनसक्छ । त्यतिमात्रै नभइ फोक्सोको केही भागले काम नगर्न पनि सक्छ ।

धेरैलाई लाग्छ छातीमा समस्या, अलि लामो समयको रुघाखोकी भएमा निमोनिया भएको हो । तर, प्रत्येक वर्ष व्यक्तिलाइ निमोनिया नदोहोरिएको हुनसक्छ ।

साधारण रुघाखोकी, छाती घ्याघ्यार हुने, दुख्नु मौसमी इन्फ्लुएन्जा पनि हुनसक्छ । अधिकांश बिरामीलाई खानपान र जीवनशैलीका कारण पनि संक्रमणजन्य समस्या देखिने गरेको छ ।

एकपटक गम्भीर संक्रमण भएपछि पनि जीवनशैली परिवर्तन नगर्ने, धुम्रपान मद्यपान गर्ने जंक फूडहरू धेरै खाने तथा सन्तुलित आहार नखाने बानीले उनीहरूमा थप समस्या निम्त्याएको देखिन्छ ।

तर, लामो समयसम्म घाँटी खसखस भइरहने, लहरेखोकी, खकारमा रगत देखा पर्ने शवासप्रश्वासमा अवरोध आउनेजस्ता समस्या भए तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ ।

किनकी यस्ता समस्या लामो समय रहीरहेपछि औषधिले काम नगर्ने र कालान्तरमा फोक्सोको घातक समस्या भएर निस्कनसक्छ ।

(वरिष्ठ छातीरोग विशेषज्ञ डा. नीरज बमसँगको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro