site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘ओमोडा ई–५’ नेपाली बजारमा, सुरुवाती बुकिङकर्ताका लागि आर्कषक मूल्य
SkywellSkywell

काठमाडौं । चेरी अटोमोबाइलको ‘क्रस फ्युचर’का रूपमा स्थापित ब्रान्ड ओमोडाको ‘ओमोडा ई–५’ विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएको छ ।

चेरी अटोमोबाइलको ईभी कम्पनीले निमार्ण गरेको ओमोडा ई–५ लाई एसपीजी अटोमोबाइल्सले नेपाल भित्र्याएको हो ।

शारडा ग्रुपका निर्देशक गौरव शारडाले अबको केही दिनमै नेपालमा औपचारिकरूपमा ओमोडा ई–५ सार्वजनिक गर्ने बताए ।

Dabur Nepal
NIC Asia

“अहिले ओमोडा ई–५ को डेमो युनी नेपाल आइपुगेको हो । हामी औपचारिकरूपमै केही दिनमा गाडी सार्वजनिक गर्दै छौँ । त्यससँगै बुकिङ खुला हुन्छ,” बाह्रखरीसँग बोल्दै निर्देशक शारडाले भने ।

बुकिङ खुला भएसँगै सुरुका १०० ग्राहकका लागि मूल्य ५९ लाख ४९ हजार रहने उनले बताए ।

६१ किलोवाट क्षमताको ब्याट्री रहेको ओमोडा ई–५ मा मोटरको क्षमता ९८ किलोवाट छ ।

एकपटक फुल चार्ज गर्दा ४३० किलोमिटर रेन्ज दिने गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।

शारडा ग्रुपका निर्देशक गौरव शारडाले यो गाडीले बीवाईडी अट्टो थ्रिको टप भेरियन्टसँग प्रतिस्पर्धा गर्ने दाबी गरेका छन् ।

“ओमोडा ई–५ को प्रतिस्पर्धा बीवाईडीको अट्टो थ्री सुपेरियरसँग हुन्छ । त्यसको ब्याट्री ६०.४८ किलोवाटको छ, हाम्रो ६१ किलोवाटको छ । त्यसको मूल्य ६५ लाख छ, हाम्रो ५९ लाख हुन्छ,” बाह्रखरीसँग बोल्दै निर्देशक शारडाले भने ।

ब्लेड ब्याट्री रहेको ओमोडा ई–५ मा सोनीको साउन्ड सिस्टम, एयरब्यागसँगै १८ वटा सुरक्षा फिचर रहेको उनले बताए ।

ईभी प्लेटफर्मममा बनेको फ्युचरिस्टिक गाडीले नेपाली बजारमा राम्रो स्थान बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

गत वर्ष सन् २०२३ मा एक लाख ४७ हजार भन्दा बढी युनिट ओमाडा ई–५ बिक्री भएको छ ।

सम्बन्धित समाचार

 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu