site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२०२३ मा ‘ओमोडा ई ५’ बिक्रीमा नयाँ रेकर्ड

काठमाडौं । विद्युतीय गाडी कम्पनी ओमोडाले सन् २०२३ डिसेम्बरमा १३ हजार ६७७ वटा ‘ओमोडा ई ५’ बिक्री गरेको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वर्षभरी एक लाख ४७ हजार एकाई बिक्री गरेको हो ।

‘ओमोडा ई ५’ ले डिसेम्बरमा १३ हजार ६७७ वटा बिक्री गर्न सफल भएको जनाएको छ । कम्पनीले गत अप्रिलमा विश्वव्यापी ब्रान्ड–लन्च कार्यक्रममा गरेको ‘ओमोडा ई ५’ले अक्टोबरमा प्रयोगकर्ता सम्मेलन गरेको थियो । सन् २०२३ ओमोडाले उल्लेखनीय सफलता हासिल गरेको वर्ष रहेको कम्पनीको दाबी छ ।

ब्रान्डले गाइकिन्डो इन्डोनेसिया अन्तर्राष्ट्रिय अटो शो २०२३ मा ‘बेस्ट टेस्ट ड्राइभ एसयूभी’ को उपाधि जितेको थियो । ओमोडाले मलेसियामा पनि धेरै सम्मानित पुरस्कारहरू जितेको थियो । यसमा स्टार मिडिया समूहबाट ‘सर्वश्रेष्ठ मिड साइज क्रसओभर कार्लिस्ट एक्स वापकार कोटी २०२३ आवार्ड इडिटर्स च्वाइस फर द वेस्ट ५ सिटर एसयूभी र १९औँ मलेसिया कार अफ द इयर अवार्ड २०२३ उत्कृष्ट वारेन्ट समावेश छ ।

नेपालमा एसपीजी अटोमोबाइल्स प्रालि ओमोडा एन्ड जेइकु अटोमोबाल कम्पनी लिमिटेडको लागि आधिकारिक वितरक हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro