site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा अन्यत्र मत हाल्ने जनप्रतिनिधिलाई गठबन्धनले कारबाही गर्ने 

विराटनगर । कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा साझा उमेदवारमध्ये एकजना पराजित भएको विषयमा सत्ता गठबन्धन दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आधिकारिक उमेदवारलाई मत नहाल्ने जनप्रतिनिधिको विषयमा छानबिन गरी अनुशासनको कारबाही गर्ने गठबन्धनले चेतावनी दिएको छ । 

निर्वाचनमा गठबन्धन दलका कृष्ण सिटौलालाई प्रदेशसभा सदस्य तथा पालिका प्रमुख/उपप्रमुखले ‘फ्लोर क्रस’ गरेर मत हालेका थिए । गठबन्धनको साटो एमाले उमेदवारलाई मतदान गर्दा अर्की उमेदवार चम्पा कार्की पराजित बनेकी थिइन् । 

Dabur Nepal
NIC Asia

बिहीबार सम्पन्न निर्वाचनमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भए । तर, माओवादी केन्द्रबाट चम्पादेवी कार्की पराजित भएकी थिइन् । चम्पालाई पराजित गरी एमाले उमेदवार रुम्मिणी कोइराला विजयी भइन् । 

बिहीबार गठबन्धन दलका तर्फबाट जारी प्रेस विज्ञप्तिमा “गठबन्धनको निर्णयविपरीत मतदान गर्ने गठबन्धन दलका गैरजिम्मेवार तथा निकृष्ट जनप्रतिनिधिहरूको सम्बन्धमा यथाशीघ्र छानबिन गरी अनुशासनको दायरामा ल्याउन हामी प्रतिवद्ध छौँ” भनिएको छ ।

सम्बद्ध चार दलले निर्वाचन परिणामबाट एकजना उमेदवारलाई मात्र विजय गराउन सफल भएको जनाएका छन् । 

“गठबन्धनको अर्का उमेदवार चम्पादेवी कार्कीको पराजयप्रति गठबन्धन दलको गम्भीर ध्यानाकर्षण भएको छ । आगामी दिनमा यसको गम्भीर समीक्षा गर्दै गठबन्धन संस्कृति, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानबाट प्रदत्त अधिकारहरूलाई अझ मजबुत र कार्यान्वयनका लागि हामी दृढ़ संकल्पित छौँ,” विज्ञप्तिमा भनिएको छ । 

गठबन्धन दल नेपाली कांग्रेस संसदीय दल कोसीका नेता उद्धव थापा, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्वो, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई र जसपा कोसी प्रदेश संसदीय दलका नेता निर्मला लिम्बूले विज्ञप्ति प्रकाशित गरेका हुन् । 

gathabandhan-1706274248.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro