site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थुनामा रहेका लागुऔषध कारोबारीलाई भगाउने पूर्वप्रहरी १६ वर्षपछि पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवालाई भगाएको आरोप लागेका पूर्वप्रहरी जवान वीरवल यादव पक्राउ परेका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले यादवलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीले पक्राउ गरेका भारतीय नागरिक असरफलाई थुनामै रहेका बेला २०६४ सालमा भगाएका थिए । त्यतिबेला काठमाडौं प्रहरी परिसरमै कार्यरत रहेका तत्कालीन इन्सपेक्टर प्रजित केसीको किर्ते हस्ताक्षर गरेर थुनुवा कक्षभित्रबाट बाहिर निकालेर भगाएका थिए ।

उनलाई भगाएर आफू समेत प्रहरीको जागिर छाडेर भारत पुगेका थिए । प्रहरीका अनुसार त्यो बेला एक करोड रुपैयाँ पाउने प्रलोभनमा थुनुवालाई भगाएको थियो । थुनवालाई भगाएपछि भने ६ लाख रुपैयाँ मात्रै पाएको खुलेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro