site stats
बाह्रखरी :: Baahrakhari
देश
काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गए राति करिब साढे ११ बजे बनेपा नगरपालिका–७, धनेश्वर पुलमा बा७०प ३७७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा बनेपा–८ का २३ वर्षीय मोटरसाइकल चालक सरोज श्रेष्ठ घाइते भएका थिए । उपचारका निम्ति उनलाई धुलिखेलस्थित शिर मेमोरियल अस्पतालमा पठाइएको थियो ।

Argakhachi Cement Island Ad

राति नै अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्