site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से चार अंकले घट्यो, तीन अर्ब ७६ करोडको कारोबार

काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । 

बिहीबार बजार ३.९४ अंकले घटेर बन्द भएको हो ।  बजार २०८४.०९ विन्दुमा बन्द भएको छ । यस दिन तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार तीन अर्ब ८९ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

Dabur Nepal
NIC Asia

९१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यस दिन साम्लिङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ । यो कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक १.०३ प्रतिशतले घटेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro