राजनीति
विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशका दुई मतदाता बिहीबार मतदानमा अनुपस्थित भएका छन् । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार अनुपस्थित भएका हुन् ।
साम्पाङले कार्यव्यस्तताका कारण मतदान गर्न आउन नसकेको बताए । गच्छदार मुटुसम्बन्धी बिरामी भई विराटनगरस्थित अस्पतालमा भर्ना भएका छन् ।
झापाको झापा गाउँपालिकाका प्रमुख जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण निर्वाचन आयोगले उनको नाम मतदाता नामावलीबाट हटाएको थियो ।
बिहीबार भएको मतदानमा कोसी प्रदेशमा १३७ स्थानीय तहका प्रमुख/उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० १४:४२
प्रतिक्रिया दिनुहोस्