राजनीति
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान जारी छ ।
लुम्बिनी प्रदेशमा बिहान ११ बजेसम्म प्रदेशसभाका ३६ र स्थानीय तहका ८६ जनाले मतदान गरेका दाङस्थित प्रदेश निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिका प्रमुख÷उपप्रमुख गरी १२२ जनाले मत खसालेका हुन् । लुम्बिनीमा कुल ३०५ मतदाता छन् ।
यहाँ दुई पदका निम्ति ६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० ११:४१
प्रतिक्रिया दिनुहोस्