site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुख्यमन्त्री कार्कीले गरे मतदान

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मतदान गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनले मतदान गरेका हुन् ।

निर्वाचन आयोगले बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

निर्वाचनमा यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)की चम्पा कार्की, नेकपा (एमाले)की रुक्मिणी कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उद्धव पौडेल चुनावी मैदानमा छन् ।

राप्रपा र एमालेले एकार्कालाई सघाउने निर्णय गरेका छन् । एमालेले आफ्ना उमेदवार पर्शुराम अधिकारीलाइ निष्क्रिय गराई राप्रपालाई सघाउने सहमति गरेको हो ।

मतदानपश्चात् आजै मतगणना गरिने आयोगले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro