site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मुख्यमन्त्रीले गरे पहिलो मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज सातै प्रदेशमा मतदान जारी छ । निर्वाचन आयोगले बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

यसैबीच, लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरे । स्थानीय तहतर्फ नरुलाल चौधरीले पहिलो मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

राष्ट्रियसभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष हुन् । मतदानपश्चात् आजै मतगणना गरिने आयोगले जनाएको छ ।

आउँदो फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदका निम्ति मतदान भएको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन गरिनेछ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro