खेल
काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपालका आकाश चन्दले एकै अोभरमा दुई विकेट लिएका छन् ।
दक्षिण अफ्रिकाको बफेलो पार्कमा जारी खेलमा नेपालले दिएको १९८ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले २१ ओभरसम्म विकेट नगुमाई ७९ रन बनाएको थियो । तर, २२औँ ओभरमा आकाशले पाकिस्तानलाई दुवै ओपनरलाई पभेलियन फर्काउँदै नेपाललाई खेलमा फर्काएका हुन् । आकाशले २२औं ओभरको दोस्रो बलमा सामयल हुसैन र चौथो बलमा साहजैब खानलाई आउट गरेका हुन् ।
जारी खेलको २३ ओभर समाप्त हुँदा पाकिस्तानले दुई विकेट गुमाएर ८३ रन बनाएको छ । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रनको योगफल बनाएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १९:३७
प्रतिक्रिया दिनुहोस्