site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले गुमायो दोस्रो विकेट, आकाश त्रिपाठी ६ रन थपेर आउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेटको रुपमा आकाश त्रिपाठीलाई गुमाएको छ । 

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालले अर्जुनलाई ६.५ ओभरमा ६ रनमा गुमाएको हो । यसअघि नेपालले पहिलो विकेटको रुपमा ओपनर अर्जुन कुमाललाई पनि व्यक्तिगत ६ रनमा गुमाएको थियो । 

जारी खेलको सात ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ४३ रन जोडेका छ । हाल क्रिजमा रहेका विपिन रावल र कप्तान देव खनाल क्रमश २० र शून्यमा खेलिरहेका छन् ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्