खेल
काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटको रूपमा ओपनर अर्जुन कुमाललाई गुमाएको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालले अर्जुनलाई ४.२ ओभरमा ६ रनमा गुमाएको हो । यसअघि पहिलो खेलमा अर्जुनले न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए ।
जारी खेलको पाँच ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर ३५ रन जोडेका छ । हाल क्रिजमा रहेका विपिन रावल र आकाश त्रिपाठी क्रमश २० र एक रनमा खेलिरहेका छन् ।
प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १४:२०
प्रतिक्रिया दिनुहोस्