site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बीओपी आवश्यक : महानिरीक्षक अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बलका नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बोर्डर आउट पोस्ट (बीओपी) हरू आवश्यक रहेको बताएका छन् ।

मंगलबार २३औँ सशस्त्र प्रहरी दिवसका अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट पोस्टको स्थापना गरी कार्यसञ्चालन गरिरहेको बताए ।

राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो नहुने भन्दै उनले सीमा क्षेत्रका नागरिकको मन र विश्वास जितेर परिचालित हुन सके मात्रै प्रभावकारी हुने बताए । सशस्त्र प्रहरीले यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको उनको भनाइ छ ।

उनले कल्याणकारी सेवामार्फत यसै वर्ष सीमा इलाकामा बसोवास गर्ने आदिवासी, जनजाति, दलित र अल्पसंख्यक समुदायका छात्रछात्रामध्ये सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजार रुपैयाँका दरले शैक्षिक वृत्ति र दुई जनालाई कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने बताए ।

उनले सीमा क्षेत्रका जिल्लामा बसोवास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्यूनतम ५ देखि १० लाख रुपैयाँसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro