काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको एलजी ब्रान्ड मातहतका एलजी सप–इन–सप सोरुम विश्वस्तरीय स्तरमा अपग्रेड भएर सञ्चालनमा आएका छन् ।
एलजी इलेक्ट्रोनिक्स इङ्कका एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नयाँ स्वरूपमा सञ्चालनमा आएका सोरुमको उद्घाटन गरे ।
सोरुममा एलजी ब्रान्डका घरायसी विद्युतीय सामग्री उपलब्ध छन् । ग्राहकले दक्ष र अनुभवी ग्राहक प्रतिनिधिबाट सोरुमा उपलब्ध हुने विद्युतीय सामग्रीबारे जानकारी पनि लिन सक्ने कम्पनीले जनाएको छ ।
सोरुमहरू हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका साढे ६ बजेसम्म खुला रहने कम्पनीले जनाएको छ ।
एलजी सोरुमको शुभारम्भको अवसरमा विशेष छुट, फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी, एक्सचेन्ज अफर र लोयालिटी प्रोग्रामलगायत सुविधा रहेको कम्पनीले जनाएको छ ।