site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
९७ लाख अस्ट्रेलियालीको विवरण चोरी गर्ने रुसी ह्याकरलाई प्रतिबन्ध

काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा खराब डाटा चोरीमा संलग्न एक रुसी व्यक्तिलाई सार्वजनिक गरिएको छ ।

सन् २०२२ को अन्त्यतिर अस्ट्रेलियाको सबैभन्दा ठूलो स्वास्थ्य बिमा कम्पनी मेडिबैंकबाट ९७ लाख अस्ट्रेलियालीको व्यक्तिगत जानकारी चोरी भएको थियो । गर्भपतनसम्बन्धी समेत जानकारी रहेका ती विवरण अनलाइनमा सार्वजनिक गरिएको थियो ।

Dabur Nepal
NIC Asia

उक्त कार्यमा संलग्न रुसी नागरिक अलेक्जेन्डर एर्माकोभमाथि अस्ट्रेलियाले  यात्रा र साइबर प्रतिबन्ध लगाएको छ ।

एर्माकोभका बारेमा थोरै मात्र जानकारी सार्वजनिक गरिएको छ । अस्ट्रेलियाका गुप्तचर अधिकारीले उनी कुख्यात रुसी साइबर अपराध गिरोह रिभिल (रेन्समवेयर इभिल)मा संलग्न रहेको जनाएका छन् ।

सो समूहले युरोप, अमेरिका र बेलायतमा साइबर आक्रमण गर्ने गरेको बताइन्छ ।

मंगलबार अस्ट्रेलियाका गृहमन्त्री क्लेयर ओनिलले मेडिबैंकको ह्याकलाई ‘राष्ट्रका रूपमा अनुभव गरेको सबैभन्दा विनाशकारी साइबर आक्रमण’ भएको भनेकी छन् ।

उक्त साइबर आक्रमणको घटनामा थप व्यक्तिलाई समेत सजाय हुन सक्ने उनले बताएकी छन् । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro