site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियन ओपन : क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । सोमबार पुरुष एकलतर्फ र महिला एकलतर्फका समान चार खेलसँगै प्रतियोगितामा एकलतर्फको सेमिफाइनल समीकरण पूरा भएको हो । 

पुरुषतर्फ सोमबार जित निकाल्दै कार्लोस अल्कारेज, एलेक्सान्डर जेभरेभ, ड्यानियल मेडभेडेभ र हुबर्ट हुर्काजले अन्तिम–८ मा स्थान पक्का गरे ।

विश्व वरीयताको दोस्रो स्थानका अल्कारेजले सर्वियाका मिओमिर केक्मानोभिचलाई ६–४, ६–४, ६–० को सोझो सेटमा पराजित गरे । स्पेनिस स्टार अल्कारेजले अब सेमिफाइनल प्रवेशका लागि जर्मनीका जेभरेभसँग खेल्ने छन् ।

सोमबार नै भएको खेलमा जेभरेभले ब्रिटेनका क्यामेरोन नोरीलाई ७–६, ३–६, ६–३, ४–६, ७–६ (१०–३) ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरे । 

यस्तै, तेस्रो स्थानमा मेडभेडेभले पोर्चुगलका नुनो बोर्गेसलाई ६–३, ७–४ (७–४), ५–७, ६–१ ले पराजित गर्दै अन्तिम–८ को यात्रा तय गरे । मेडभेडेभले अब सेमिफाइनल प्रवेशका लागि पोल्यान्डका हुबर्ट हुर्काजविरुद्ध खेल्ने छन् ।

आजै भएको खेलमा नवौं वरीयताका हुर्काजले फ्रान्सका अर्थर काजाउक्सलाई ७–६ (८–६), ७–६ (७–३), ६–४ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए । 

यसअघि आइतबार भएको खेलमा जित निकाल्दै साविक विजेता नोभाक जोकोभिच, टेलर फ्रिट्ज, जानिक सिनर र एन्डी रुभलेभले अन्तिम–८ को यात्रा तय गरेका थिए । 

महिलातर्फ सोमबार भएको खेलमा जित निकाल्दै चीनकी क्विनवेन झेङ, एन्ना कालिन्सकाया, लिन्डा निस्कोभा र डयाना यास्ट्रेमस्काले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro