site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से साढे ३१ अंक घट्यो, ६ अर्ब ३६ करोडको कारोबार  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेप्से परिसूचक सोमबार ३१.४९ अंक घटेर बन्द भएको छ । आइतबार २५.६३ अंकले घटेको बजार दुई दिनमा ५७ अंक घटेको छ ।

समग्र बजार १.४७ प्रतिशतले घटेर २०९८.६९ विन्दुमा बन्द भएको छ । यसदिन ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

३६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०९ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

घटेको बजारमा अपर स्याङगे हाइड्रोपावर कम्पनी र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Global Ime bank

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ । यो कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ ।

आज सर्वाधिक परसूचक घट्नेमा हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक २.२४ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement