site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सवा एक करोड लागतमा कोसी सरकारले बनायो तीन चार्जिङ स्टेसन

विराटनगर । कोसी प्रदेश सरकारले निर्माण गरेका विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाको सुरुंगामा तीनवटा चार्जिङ स्टेसन निर्माण गरेको हो । आइतबार कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार्जिङ स्टेसन उ्दघाटन गरे ।

मन्त्रालयका अनुसार तीन ठाउँमा एक करोड १४ लाखको लागतमा चार्जिङ स्टेसन निर्माण गरिएको हो । त्यहाँ सर्वसाधारणले कुनै झन्झटबिना नै सवारी साधन चार्ज गर्न सक्ने बताइएको छ । ती स्टेसनमा एकैपटक दुई सवारी साधन चार्ज गर्न मिल्छ । विराटनगरमा सिँचाइ कार्यालय परिसरमा स्टेसन निर्माण गरिएको छ । 

मुख्यमन्त्री कार्कीले राष्ट्रको कुल आम्दानीको २० प्रतिशत इन्धन खरिदमा खर्च गर्नुपर्ने बाध्यताको रहेको भन्दै व्यापार घाटा घटाउनुको विकल्प नभएको बताए । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro