site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दराजको ‘फ्री डेलिभरी फेस्टिभल’ योजना सार्वजनिक

काठमाडौं । दराज नेपालले ग्राहकलक्षित नयाँ योजना सार्वजनिक गरेको छ । दराजले ग्राहकलाई सहज, सरल र सुरक्षित बनाउने उद्देश्यसहित ‘फ्री डेलिभरी फेस्टिभल’ योजना सार्वजनिक गरेको हो ।

पहिलोपटक ल्याइएको यो योजनाअन्तर्गत ग्राहकले निःशुल्क डेलिभरी प्राप्त गर्न सक्नेछन् । यसबाहेक ग्राहकले ७० प्रतिशतसम्मको मेगा डिल्स, एक हजार रुपैयाँसम्मको मेगा भोउचर, एक हजार रुपैयाँसम्मको प्रि–पेमेन्टलगायत छुट प्राप्त गर्न सक्नेछन् ।

यही माघ ९ गतेदेखि सुरु हुने यो योजनाअन्तर्गत फेसन, लाइफ स्टाइल, ब्युटीलगायत विभिन्न विधाका सामान खरिद गर्न सकिने दराज नेपालले जनाएको छ ।

Dabur Nepal
NIC Asia

बजारमा महँगीसँगै व्यवसायीको ढुवानी शुल्क बढेको भन्दै दराजले उपभोक्तालाई अनलाइन किनमेल महँगो हुन पुगेको निष्कर्ष निकालेको छ । यही विषयलाई मध्यनजर गर्दै दराजले फ्री डेलिभरी फेस्टिभल योजना सार्वजनिक गरेको हो ।

फ्री डेलिभरी फेस्टिभलले खरिदकर्तालाई घरदेखि बजारसम्मको दोहोरो यात्रा गर्नु नपर्ने र ठाउँमै सामान पुर्‍याउने व्यवस्था गरेर अधिकतम बचत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

काठमाडौं र मुख्य सहरहरूमा मात्र नभई ग्रामीण क्षेत्रका सीमान्तकृत समुदायमा पनि सेवा विस्तार गर्न राष्ट्रव्यापी डेलिभरी प्रदान गरिने कम्पनीले जनाएको छ ।

दराज नेपालमा आबद्ध विक्रेताको सामग्री सहज र सुपथ मूल्यमा ग्राहकसम्म पुर्‍याउने आफूहरूको मुख्य उद्देश्य रहेको दराजका प्रमुख परिचालन अधिकृत विमल अर्यालले बताए ।

फ्री डेलिभरी फेस्टिभलमा बैंक कार्ड वा डिजिटल वालेटबाट अग्रिम भुक्तानी गरेमा विशेष छुट र थुप्रै अफर प्राप्त गर्न सकिने बताइएको छ ।

ग्राहकले डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गरेमा १५ प्रतिशत वा ७५० रुपैयाँसम्म, क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

दराजको फ्री डेलिभरी फेस्टिभल सीमित अवधिका निम्ति लागु हुने कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro