site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान सरकार बहुआयामिक रूपमा असफल : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बहुआयामिक रूपमा असफल भएको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकका सबै अंगहरू फेल भइसकेको र सरकार पूर्णरूपमा असफल भएको बताएका हुन् ।

Dabur Nepal
NIC Asia

उनले वर्तमान सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भूमिका निर्वाहको लागि आन्दोलनमा जान लागेको बताए । उनले वर्तमान सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास नरहेको र सत्ता टिकाउन शक्ति केन्द्रहरूको भक्तिभाव गर्ने काममा लागिपरेको आरोप लगाए ।

भारतसँग हालै भएको सम्झौताले नेपाललाई दीर्घकालीन रूपमा असर पर्ने जिकिर गरे । 

ज्ञवालीले बचतकर्ताको पैसा हिनामिना गर्ने संचालकलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । सहकारी पीडितहरूको पैसा सरकारले तिर्नुपर्छ भन्नु गैरजिम्मेवार कुरा भएको बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro