site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आइएमई बैंकको नाफा घट्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब चार करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले दुई अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो । पुस मसान्तसम्म बैंकको निक्षेप संकलन र ऋण लगानी वद्धि भएको छ । पुसको अन्त्यसम्ममा बैंकले चार खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ४४.५४ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३९.२२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५.०८ प्रतिशत घटेको छ ।

बैंकको निष्क्रिय कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ । बैंकको इम्पेरमेन्ट चार्ज एक अर्ब १२ करोडबाट बढेर चार अर्ब १३ करोड पुगेको छ ।

हाल बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी छ । बैंकको जगेडा कोषमा २२ अर्ब एक करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro