site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा भिजिविलिटी सय मिटर, यी स्थानमा चलाउन मिल्दैन सवारीसाधन
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । हिमाली तथा उच्च पहाडी भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो । आज वर्षा भने हुने छैन । 
 
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

तराईका केही स्थानमा सवारी साधन चलाउन नसक्नेगरी बाक्लो हुस्सु र कुहिरो लागेको छ । “विराटनगरमा बिहान ६ बजे भिजिविलिटी सय मिटर छ । घोराहीमा दुई सय मिटर छ,” मौसमविद् सञ्जिव अधिकारी बाह्रखरीसँग भन्छन्, “विराटनगर, घोराहीजस्ता न्यून भिजिविलिटी भएका स्थानमा सवारी साधन चलाउन हुँदैन/सकिँदैन ।”

धनगढीमा एक किलोमिटर र जनकपुरमा ८०० मिटर भिजिविलिटी छ । यो भिजिविलिटीले हवाई उडान तथा अवतरणमा भने समस्या नहुने उनले स्पष्ट पारे । अन्य स्थानमा भने चार/पाँच किलोमिटर भिजिविलिटी रहेको उनको भनाइ छ । 

काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् अधिकारीले जानकारी दिए । 

उनले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताए । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पहाडी भू–भागमा राति आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भन्दै सतर्क रहन विभागको आग्रह छ । चिसोबाट बच्न समेत आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले भनेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro