site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिमानी टाइब्रेकरमा जित निकाल्दै ब्लिन्कोभा तेस्रो चरणमा, राडुकानु र पेगुला बाहिरिए 

काठमाडौं । कीर्तिमानी खेलमा साविक उपविजेता एलिना रेबाकिनाविरुद्ध २–१ को रोमाञ्चक सेटमा जित निकाल्दै एन्ना ब्लिन्कोभा वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन् । 

बिहीबार रोड लभेर एरिनामा सम्पन्न खेलमा पहिलो सेट ब्लिन्कोभाले ६–४ ले जितेकी थिइन् । दोस्रो सेट ६–४ ले जित्दै रेबाकिनाले खेलमा पुनरागमन गरेकी थिइन् । दुई सेटमा दुवै खेलाडीले समान एक सेट जितेपछि खेल तेस्रो सेटमा पुगेको थियो । 

जहाँ कीर्तिमानी टाइब्रेकरमा विश्व वरीयताको तेस्रो स्थानकी रेबाकिनालाई ७–६ (२२–२०) ले हराउँदै ब्लिन्कोभाले तेस्रो चरणका स्थान पक्का गरेकी हुन् । यी दुईबीचको तेस्रो सेट ९३ मिनेटसम्म चलेको थियो । अस्ट्रेलियन ओपनको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा लामो टाइब्रेकर हो । 

यसअघि सन् २००७ को संस्करणमा जो विलफ्रिड सोङ्गा र एन्डी रोडिकबीचको खेलको टाइब्रेकर २०–१८ सम्म चलेको थियो । उक्त टाइब्रेकर सोङ्गाले जितेका थिए । ब्लिन्कोभा र रेबाकिनाबीचको खेल कुल दुई घण्टा ४६ मिनेट चलेको थियो ।

ब्लिन्कोभाले अब चौथो चरण प्रवेशका लागि इटालीकी ज्यास्मिन पाओलिनीसँग खेल्नेछिन् । पाओलिनीले जर्मनीकी तात्जाना मारियालाई ६–२ ६–३ को सोझो सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएकी हुन् । 

बिहीबार नै भएको खेल जित्दै विश्व नम्बर एक इगा स्वायटेक र एलिना स्भितोलिनाले तेस्रो चरण यात्रा तय गरे । ब्रिटिस स्टार इम्मा राडुकानु र अमेरिकी स्टार जेसिका पेगुलाले भने दोस्रो चरण पार गर्न सकेनन् । पोल्यान्डकी २२ वर्षीय युवा खेलाडी स्वायटेकले अमेरिकाकी ड्यानियल कोलन्सलाई ६–४ ३–६ ६–४ को सेटमा निराश बनाइन् । 

स्वायटेकले अब चौथो चरण प्रवेशका लागि अमेरिकाकै म्याकार्थी कस्लेरसँग खेल्नेछिन् । युक्रेनकी स्भितोलिनाले तेस्रो चरण प्रवेश गर्नेक्रममा बुल्गेरियाकी भिक्टोरिया टोमोभालाई ६–१ ६–३ को सोझो सेटमा पराजित गरिन् । स्भितोलिनाले अब चौथो चरण प्रवेशका लागि स्वीट्जरल्यान्डकी भिक्टोरिजा गोलुबिकसँग खेल्नेछिन् ।

ब्रिटिस स्टार राडुकानु भने तेस्रो चरणमा चीनकी याफन वाङसँग ६–४ ४–६ ६–४ को सेटमा पराजित भइन् । २१ वर्षीय राडुकानु एक पटक ग्रान्डस्लाम जिते पनि अस्ट्रेलियन ओपनमा भने दोस्रो चरण पार गर्न सकेकी छैनन् । विश्व वरीयताकी पाँचौ स्थानमा आसिन पेगुला भने फ्रान्सकी क्लारा बुरेलसँग ६–४ ६–२ को सोझो सेटमा पराजित भइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro