site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
सुदूरपश्चिम समाज अमेरिकाको नयाँ कार्यसमिति चयन

काठमाडौं । सुदूरपश्चिम समाज अमेरिकाको नयाँ कार्यसमिति चयन गरिएको छ । दानसिंह बिष्टको अध्यक्षतामा आउँदो दुई वर्षका निम्ति १३ सदस्यीय कार्यसमिति चयन गरिएको समाजले जानकारी गराएको छ ।

समाजको वरिष्ठ उपाध्यक्षमा नवीनकुमार ओझा, उपाध्यक्षमा रैभान महरा, महासचिवमा हरिदत्त जोशी, सचिवमा गणेश बिष्ट, कोषाध्यक्षमा भीम खत्री, सहकोषाध्यक्षमा सुनी गुरुङ, सदस्यहरूमा लक्ष्मी पन्त, सविन चन्द, चक्रसिंह रावल, भरतसिंह खड्का, डम्बर खत्री र विपीन कार्की चुनिएका छन् । दुई सदस्य पछि मनोनयन गरिनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

न्युयोर्कमा हालै सम्पन्न समाजको साधारणसभाबाट सन् २०२३–२०२५ का निम्ति कार्यसमिति गठन गर्न तीन सदस्यीय निर्वाचन समिति बनाइएको थियो । सो समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिले सामुदायिक विकास, सांस्कृतिक संरक्षण र सामाजिक पहलमा आफ्नो स्थान बलियो बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने अध्यक्ष बिष्टको भनाइ छ ।

सन् २०१२ मा न्युयोर्कमा समाजको स्थापना गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्