site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फर्कनेभन्दा विदेशिने नेपाली बढी, १६ लाख विदेश जाँदा साढे १२ लाख फर्किए
फाइल तस्बिर ।

काठमाडौं । विदेशबाट स्वदेश फर्कनेभन्दा विभिन्न अवसरको खोजी गर्दै विदेश जाने नेपालीको संख्या झन्डै साढे तीन लाखले बढी छ । 

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले हालै सार्वजनिक गरेको विवरणमा सन् २०२३ मा विदेशबाट स्वदेश फर्कनेभन्दा देश छोडी विदेशिने नेपालीको संख्या निकै ठूलो रहेको पाइएको छ ।

विभागको विवरणअनुसार वर्ष २०२३ मा १६ लाख तीन हजार ८३६ नेपाली विदेश गएका छन् । यो विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोही अवधिमा विभिन्न देश पुगेका १२ लाख ६३ हजार ४६९ नेपाली स्वदेश फर्केका छन् । स्वदेश फर्कनेभन्दा विदेशिने नेपालीको संख्या तीन लाख ४० हजार ३६७ ले बढी रहेको विभागको तथ्यांकले देखाउँछ ।

सन् २०२३ मा विभिन्न उदेश्यले विश्वका २०९ देश तथा क्षेत्रमा नेपालीहरू गएका छन् । सोही समयमा विश्वका २१५ देश तथा क्षेत्रबाट नेपालीहरू स्वदेश फर्केको देखिन्छ । उक्त वर्ष नेपालीहरू मानव बसोबास नरहेको अन्टार्टिका बाहेक अष्ट्रेलिया, अफ्रका, दक्षिण अमेरिका, उत्तर अमेरिका र एसयाका प्राय सबै देशमा पुगेका छन् । 

गत वर्ष सबैभन्दा बढी नेपाली गएको देश युनाइटेड अरब इमिरेट्स (यूएई) हो । यूएईमा दुई लाख ७१  हजार ८८ नेपाली टीआईएबाट गएका थिए । गत वर्ष नै सबैभन्दा बढी नेपाली यूएईबाट नै नेपाल फर्केका थिए । यूएईबाट वर्ष २०२३ मा दुई लाख १७ हजार १५९ जना नेपाली स्वदेश फर्केका थिए । 

सन् २०२३ मा यूएईपछि सबैभन्दा बढी नेपाली टीआईए हुँदै गएको देशमा भारत, कतार, मलेसिया, साउदी अरब, अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत र कुवेत छन् । 

विभागको तथ्यांकअनुसार भारतमा एक लाख ८१ हजार १६, कतारमा एक लाख ७९ हजार ४४१, मलेसियामा एक लाख ६५ हजार २०१, साउदी अरबमा एक लाख ३६ हजार २०३, अष्ट्रेलियामा एक लाख ५ हजार ३४३, जापानमा ८२ हजार ७७२, अमेरिकामा ६७ हजार ८१०, बेलायतमा ५३ हजार ४०१ र कुवेतमा ४८ हजार १०३ जना नेपाली गएका थिए । 

यस्तै, गत वर्ष भारतबाट दुई लाख २०८, कतारबाट एक लाख ९२ हजार ८८९, मलेसियाबाट एक लाख ८१९, साउदी अरबबाट एक लाख ६ हजार ५२९, अष्ट्रेलियाबाट ६९ हजार ३७७, जापानबाट ४५ हजार ७७४, अमेरिकाबाट ४६ हजार ५४७, बेलायतबाट ३० हजार ५५३ र कुवेतबाट ४४ हजार ३५७ जना नेपाली स्वदेश फर्किएका थिए । 

सन् २०२३ मा दक्षिण कोरियाबाट १९ हजार ३०, थाइल्याण्डबाट २७ हजार ४१२, चीनबाट २० हजार ७९७, हङकङबाट १८ हजार ६०७, ओमानबाट १० हजार ५२६, रोमानियाबाट २ हजार ५४९, सिंगापुरबाट ११ हजार २८७, पोर्चुगलबाट ६ हजार ६४, बंगलादेशबाट १० हजार ४३८ र बहराइनबाट सात हजार ९७७नेपाली स्वदेश फर्किएका थिए । 

गत वर्ष मात्र रुसमा एक हजार ७९५ नेपाली गएको देखिन्छ । रुसबाट नेपाल फर्कनेको संख्या ८०५ रहेको छ । 

स्लोभाकिया, सुरिनेम, म्यासेडोनिया, डोमिनिका, पराग्वे, एल साल्भाडोर, बेनिन, जर्सि, गुयाना, लिसोथोलगायत २२ देशबाट एक–एक नेपाली स्वदेश फर्केका थिए । १५ वटा देशमा भने एक–एक नेपाली मात्र गएको विभागको तथ्यांकमा देखिन्छ । 

गत वर्ष नै विश्वका १२ देशमा नेपाली गएका मात्र छन्, त्यहाँबाट एकजना पनि स्वदेश फर्केका छैनन् । सोही वर्ष विश्वका सात देशबाट नेपाली फर्केका मात्र छन्, गएका छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro