site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोमाञ्चक जितसहित जोकोभिच तेस्रो चरणमा, महिलातर्फ साबालेन्का र गौफ विजयी

काठमाडौं । रोमाञ्चक खेलमा घरेलु खेलाडी एलेक्सेई पोपीरिनलाई ३–१ को सेटमा हराउँदै साविक विजेता नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार रोड लभेर एरिनामा सम्पन्न खेलमा १० पटकको च्याम्पियन जोकोभिचले पहिलो सेट ६–३ ले जितेका थिए । तर, यसपछिको सेट ६–४ ले जित्दै पोपीरिनले खेल बराबरीमा ल्याएका थिए ।

चर्को प्रतिस्पर्धा चलेको तेस्रो सेट जोकोभिचले ७–६ (७–४) ले जित्दै खेलमा २–१ को अग्रता बनाएका थिए । यस्तै, चौथो सेट ६–३ ले जित्दै विश्व नम्बर एक जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् । यी दुईबीचको खेल कुल तीन घण्टा ११ मिनेटसम्म चलेको थियो । 

जोकोभिचले अब चौथो चरण प्रवेशका लागि अर्जेन्टिनाका टोसम मार्टिन एचेभेरीसँग खेल्ने छन् । एचेभेरीले फ्रान्सका गिएल मोन्फिल्सलाई ६–४, ६–४, ६–४ को सोझो सेटमा हराउँदै तेस्रो चरणको यात्रा तय गरेका हुन् ।

बुधबार नै भएको खेलबाट जानिक सिनर, स्टेफानोस सित्सिपास र टेलर फ्रिट्जले पनि आ–आफ्नो खेलमा जित निकाल्दै तेस्रो चरणमा स्थान पक्का गरे ।

चौथो स्थानका सिनरले नेदरल्यान्ड्सका जेस्पेर डे जोङलाई ६–२, ६–२, ६–२ को सहज जित निकाले । इटालियन स्टार सिनरले अब तेस्रो चरणमा सेबास्टियन बाइजसँग खेल्ने छन् । बाइजले कोलम्बियाका ड्यानियल एलाही गलानलाई ३–१ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् ।

ग्रिसका सित्सिपासले अस्ट्रेलियाका जोर्डन थप्सनलाई ३–१ को सेटमा हराए । सातौँ स्थानका सित्सिपासले पहिलो सेट गुमाए पनि त्यसपछि लगाता तीन सेट जितेका थिए । पहिलो सेट ४–६ ले गुमाए पनि सित्सिपासले ७–६ (८–६), ६–२, ७–६ (७–४) ले जिते ।

सित्सिपासले अब चौथो चरण प्रवेशका लागि फ्रान्सका लुका भान आचसँग खेल्ने छन् । भान आचले दोस्रो चरणमा इटालीका लोरेन्जो मुसेटीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराएका थिए । 

१२औँ वरीयताका टेलर फ्रिट्जले तेस्रो चरण प्रवेश गर्ने क्रममा फ्रान्सका ह्युगो गास्टोनलाई सोझो सेटमा पराजित गरे । उनले गास्टोनलाई ६–०, ६–३, ६–२ ले पराजित गरे ।

फ्रिट्जले तेस्रो चरणमा हंगेरीका फाबियन मारोज्सनसँग खेल्ने छन् ।

महिलातर्फ बुधबार सम्पन्न खेलमा साविक विजेता आर्यना साबालेन्का र कोको गौफ तेस्रो चरणमा प्रवेश गरे ।

साबालेन्काले चेक गणतन्त्रकी ब्रान्डा फ्रुभिर्टोभालाई सोझो सेटमा हराइन् । वरीयताको दोस्रो स्थानकी साबालेन्काले फ्रुभिर्टोभाविरुद्ध ६–३, ६–२ को जित निकालिन् । साबालेन्काले अब चौथो चरण प्रवेशका लागि युक्रेनकी लेसिया सुरेन्कोसँग खेल्ने छिन् । 

३३औँ वरीयताकी सुरेन्कोले स्पेनकी रेबेका कासारोभालाई सोझो सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएकी हुन् ।

अमेरिकी स्टार कोको गौफले तेस्रो चरण प्रवेश गर्ने क्रममा आफ्नै देशकी क्यारोलिन डोलेहाइडलाई सोझो सेटमा हराइन् । चौथो वरीयताकी गौफले डोलेहाइडविरुद्ध ७–६ (७–२), ६–२ को जित निकालिन् ।

गौफले अब चौथो चरण प्रवेशका लागि आफ्नै देशकी एलिसिया पार्क्ससँग खेल्ने छिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro