site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सूर्य तामाङको घातक बलिङप्रेरित आर्मीविरुद्ध वाग्मतीको जित

काठमाडौं । सूर्य तामाङको घातक बलिङप्रेरित वाग्मती प्रदेशले विभागीय टिम त्रिभुवन आर्मी क्लबविरुद्ध तीन विकेटको जित निकालेको छ ।

बुधबार मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा वाग्मतीका सूर्यले पाँच विकेट लिँदा टस जितेर ब्याटिङमा आएको आर्मी २७.१ ओभरमा ९७ रनमै समेटिएको थियो । ९८ रनको लक्ष्यसहित मैदान ओर्लिएको वाग्मतीले २२.१ ओभरमा सात विकेट गुमाएर १०३ रन बनाउँदै जित निकाल्यो ।

वाग्मतीको जितमा अशोक पौडेल र प्रतिश जिसीले समान २१ रन बनाए । इशान पाण्डे र रविन जोशीले समान १२ रन थप्दा विपिन आचार्यले १० रन बनाए । 

आर्मीका सोमपाल कामीले तीन विकेट लिए । साहब आलम र जितेन्द्र मुखियाले दुई–दुई विकेट लिए ।

त्यसअघि आर्मीका कप्तान विनोद भण्डारीले २८ रन बनाए । भीम सार्कीले १८ र विवेक यादवले ११ रन थपे । यसबाहेक, विभागीय टिमका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीलाई सस्तैमा समेट्न वाग्मतीका सूर्यले पाँच विकेट लिए । घातक बलिङ गरेका सूर्यले नौ ओभरमा दुई मेडन राख्दै २६ रनमात्र खर्चिए । सूर्यले यसअघि मंगलबार मधेस प्रदेशविरुद्ध ६ विकेट लिएका थिए ।

आर्मीविरुद्ध सूर्यबाहेक, प्रतिश जिसी र रिजन ढकालले समान दुई विकेट लिए । कृजन गुरुङले एक विकेट हात पारे । 

जितसँगै चार खेलबाट चार अंक जोडेको वाग्मती तालिकाको चौथो स्थानमा उक्लिएको छ । दुई खेलबाट दुई अंक जोडेको आर्मी तालिकको छैटौँ स्थानमा छ ।

बुधबार नै भएको अर्को खेलमा कर्णालीले लुम्बिनी प्रदेशविरुद्ध ६० रनको सहज जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ४१.२ ओभरमा सबै विकेट गुमाएर १२४ रनमात्र जोड्न सक्यो ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको कर्णाली तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको लुम्बिनी तालिकाको आठौँ स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro