site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बढ्यो घरजग्गा कारोबार, पुसमा तीन अर्ब २० करोड राजस्व संकलन
फाइल तस्बिर ।

काठमाडौं । सरकारले घरजग्गा कारोबार नीतिलाई सहज बनाएसँगै किनबेच बढ्न थालेको छ । चालु आर्थिक वर्षको पुसमा मंसिरको तुलनामा घरजग्गा कारोबार बढेको हो । 

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार पुसमा ४५ हजार २७७ पटक घरजग्गा कारोबार (लिखित पारित) भएको छ भने तीन हजार ९०९ पटक नामसारी भएको छ ।

गत मंसिरमा भने ४१ हजार ८५१ पटक घरजग्गाको कारोबार भएको थियो । त्यस्तै, तीन हजार २२४ पटक नामसारी भएको थियो ।

यसरी नामसारी र कारोबार बढ्दा मंसिरको तुलनामा सरकारले पाउने राजस्व पनि बढेको छ । पुसमा घरजग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।

मंसिरमा भने दुई अर्ब ८६ करोड ५० लाख रुपैयाँ राजस्व सरकारलाई प्राप्त भएको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro