site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
असंलग्न आन्दोलनको बैठक युगान्डामा सुरु : प्यालेस्टाइन–इजरायल मुद्दा मुख्य एजेन्डा

काठमाडौं । असंलग्न आन्दोलन (नाम)को बैठक सोमबारदेखि युगान्डामा सुरु भएको छ । बैठकको उद्घाटन अजरबैजानका विदेश मामिलाका उपमन्त्री र अजरबैजानी प्रतिनिधिमण्डलका प्रमुख याल्चिन रफियेभले गरेका थिए ।

अजरबैजानले सन् २०१९ मा एनएएमको अध्यक्षता ग्रहण गरेको र यो हप्ताको अन्त्यमा युगान्डालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

पूर्ण सत्रमा, संयुक्त राष्ट्रसंघका निम्ति प्यालेस्टाइनका राजदूत रियाद मन्सुरले सदस्यहरूलाई प्यालेस्टाइन–इजरायल संकटलाई सम्बोधन गर्न आग्रह गरे । मन्सुरले एनएएमले धेरै चुनौतीको सामना गरिरहेको र मध्यपूर्वको संकट सबैभन्दा दबाबपूर्ण रहेको बताए ।

लेबनान, संयुक्त अरब इमिरेट्स, इराक, टोगो, मोरिटानिया, माल्दिभ्सलगायत देशका प्रतिनिधिले इजरायल–प्यालेस्टाइन मुद्दालाई एजेन्डाको मुख्य स्थानमा राख्ने प्रयासलाई समर्थन गरे ।

सोमालियाको विदेश मामिला र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका स्थायी सचिव हम्जा अदान हाडोउले बैठकमा सदस्य राष्ट्रहरूले आफ्नो देशको सार्वभौमसत्तालाई छिमेकीमध्ये एउटा देशले हनन गरेको विषय पनि सम्बोधन गर्नुपर्ने बताए ।

इथियोपिया र सोमालिल्यान्ड, सोमालियाको एक स्वघोषित क्षेत्र, एक स्वतन्त्र राज्यका रूपमा सोमालिल्यान्डको मान्यताको बदलामा इथियोपियालाई लालसागरमा पहुँच विस्तार गर्न अनुमति दिने सम्झौतामा हस्ताक्षर गरिएको छ । सोमालियाले यसलाई आफ्नो क्षेत्रीय अखण्डताको उल्लंघन भएको जनाएको छ ।

युगान्डाको परराष्ट्र मन्त्रालयका अनुसार, १२० सदस्य राष्ट्रमध्ये ९३ देशका प्रतिनिधिको बैठकमा सहभागिता छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro