site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचन आचारसंहिता आजबाट लागु हुने, के गर्न पाइँदैन ?

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता आजबाट लागु हुने भएको छ । आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ । 

आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । 

Dabur Nepal
NIC Asia

आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क १) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ । 

यो अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष/विपक्षमा हुने गरी प्रयोग गर्न/गराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्न/गराउन नहुने आयोगले जनाएको छ ।

कुनै सरकारी वा अर्धसरकारी निकाय/सार्वजनिक संस्था वा विश्वविद्यालय/विद्यालय/महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न/गराउन पाइने छैन । 

राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्न/गराउन नहुने आयोगले स्पष्ट पारेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro