site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चारवटा पाँचतारे होटेलले गरेनन् लाइसेन्स नवीकरण

काठमाडौं । नेपालमा चारवटा पाँचतारे होटेलले लाइसेन्स नवीकरण नगरेको पाइएको छ । नेपाल पर्यटन विभागले सार्वजनिक गरेको सूचीअनुसार याक एन्ड यती, र्‍याडिसन, एभरेस्ट र द फूलबारी होटेलले लाइसेन्स नवीकरण गराएका छैनन् ।

विभागले लाइसेन्स नवीकरण नगराएका पाँचतारे होटेललाई समावेश नगरी सूची सार्वजनिक गरको छ । सूचीमा लाइसेन्स नवीकरण गराएका १७ वटा पाँचतारे होटेल छन् ।

Argakhachi Cement Island Ad

विभागका अनुसार पर्यटन ऐन २०३५, होटेल, लज, रेस्टुरा तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ र पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० को व्यवस्था बमोजिम पाँच तारा डिलक्स र पाँचतारे स्तरमा वर्गीकरण भई इजाजतपत्र नियमितरूपमा अद्यावधिक भएका नाम सार्वजनिक गरिएको हो । 

प्रक्रिया पूरा गरी इजाजतपत्र नवीकरण गरेमा त्यस्ता होटलको विवरण क्रमशः समावेश गरी सार्वजनिक गर्ने विभागले जनाएको छ । 

लाइसेन्स नवीकरण गर्न डिलक्स तथा होटेलहरू :

१. भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि (होटेल मेची क्राउन) झापा
२. सोल्टी होटेल लिमिटेड काठमाडौं
३. होटेल डेला अन्नपुर्ण प्रालि काठमाडौं
४. पोखरा ग्राण्ड, पोखरा  पार्दी कास्की
५. तारागाँउ रिजेन्सी होेटेल लिमिटेड –तारागाँउ रिजेन्सी),
६. द मल्ल होटेल प्रालि
७. होटेल साँग्रिला
८. टाईगरवान प्रालि
९. सोल्टी शिबक्रिम होटेल्स तथा रिसोर्टस प्रालि बोके
१०. होटेल सेन्ट्रल प्लाजा प्रालि
११. होटेल एभरेष्ट हस्पिटालिटी एण्ड होटेल नक्सास
१२. छायाँदेबी कम्प्लेक्स प्रालि ठमेल
१३. होटेल द किङ्ग्सबरी बिर्तामोड झापा
१४. सिटी होटेल लिमिटेड (हायात प्लेस)
१५. इच्छा होटेल प्रालि बारा
१६. होटेल ल्हासा इन्टरनेशनल प्रालि
१७. अकामा होटेल प्रालि

Ho-1705324997.jpg

झय-1705324997.jpg

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्