site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पश्चिमी अफगानिस्तानमा आत्मघाती आक्रमण

काठमाडौं । अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा भएको आत्मघाती आक्रमणमा आक्रमणकारी मारिएको बताइएको छ । 

प्रान्त गभर्नरको कार्यालयलाई लक्षित गरी आत्मघाती बम हमला गर्ने प्रयासलाई सुरक्षा बलले असफल बनाएको हो । आक्रमणमा केही आक्रमणकारी मारिएको दाबी गरिएको छ । 

तीन सुरक्षाकर्मी घाइते भएको गृह मन्त्रालयले जनाएको छ । युद्धग्रस्त अफगानिस्तानमा विगत ९ दिनमा यो चौथो विस्फोट हो । तीमध्ये तीनवटा राष्ट्रिय राजधानी काबुल सहरमा भएका थिए । 

यसअघि अफगानिस्तानको राजधानी काबुलमा विभिन्न दिनमा भएका तीनवटा विस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको थियो । इस्लामिक स्टेट संगठनले मिनी बसमा भएको विस्फोटको जिम्मेवारी लिएको छ जसमा पाँचजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro