site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शेरबहादुर देउवा पुत्र जयवीरसिंह जोडिएको टुटल विवाद के हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं प्रहरीले १९ पुसमा राइड सेयरिङ संस्था ‘टुटल’ नेपाल प्रालिका संस्थापक शिक्षित भट्टलाई पक्राउ गर्‍यो । टुटल प्रालिकै अन्य सेयरधनी मण्डला डिजिटल होल्डिङ्सका सञ्चालक दिप्त शाह, सिवाङ्कजंग थापा र जयबिरसिंह देउवाको उजुरीका आधारमा भट्ट पक्राउ परेका हुन् । 

तिनले आफूहरूलाई जानकारी नै नदिई भट्टले टुटल बिक्री गरी लाभ लिएको उजुरी प्रहरीमा दिएपछि पक्राउ परेका थिए । हाल उनी थुनामुक्त भएका छन् । तर, प्रहरीले उनीमाथि अनुसन्धान जारी राखेको छ । जिल्ला अदालत काठमाडौंले भट्टलाई प्रहरी थुना बाहिर राखी अनुसन्धान गर्न आदेश दियो । त्यसपछि उनी थुनामुक्त भएका हुन ।

काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले टुटल विवाद अनुसन्धानकै क्रममा रहेको जानकारी दिए । प्रहरीले टुटल विवादमा मुछिएका अन्य तीन जनाको समेत प्रहरीले खोजी गरिरहेको जनाएको छ । हाल उनीहरू फरार छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भट्टविरुद्ध प्रहरीमा उजुरी दिनेमध्येका मण्डला डिजिटल होल्डिङस् प्रा.लि.का सञ्चाकलमध्येका जयवीरसिंह देउवा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा हुन् ।

के हो भट्टसँगको मण्डला डिजिटल होल्डिङको विवाद ?

Global Ime bank

शिक्षित भट्टले नेपालमा पहिलो राइड सेयरिङको अवधारणासहित जनवरी २०१७ देखि टुटल सेवा थालेका थिए । कम्पनी रजिस्ट्रार कार्यालयमा ‘टुटल’ नेपाल प्रालिको नाममा दर्ता गराउँदै भट्टले उक्त सेवा सञ्चालन गरेका हुन् ।

टुटलमार्फत सेवा लिँदा मोटर साइकलमा हुने खाली सिटको सदुपयोग हुने र टुटल प्रयोग गर्दा सार्वजनिक यातायात चढ्नुपर्ने झन्झटबाट यात्रु मुक्त हुने उनको भनाई थियो । 

त्यसवापत यात्रुले भने टुटल चालकलाई न्यूनतम ३ किलोमिटरसम्म ६० रूपैयाँ तीनदेखि ६ किलोमिटरसम्म प्रतिकिलोमिटर १८ रूपैयाँ दरले र त्योभन्दा बढी भएमा प्रति किमी २५ रूपैयाँका दरले शुल्क बुझाउने उल्लेख गरेका थिए ।

उनको उक्त अवधारणाबाट सुरु भएको टुटलले छोटो समयमै चर्चा पायो । गुगलको प्ले स्टोरमार्फत ‘टुटल एप’ डाउनलोड गरेर सेवा लिनेको संख्या लाखौं पुग्यो । त्यसैको सिलसिलामा ‘टुटल’ नेपाल प्रा.लि.मा लगानी गर्न पुग्यो, मण्डला डिजिटल होल्डिङस् ।

जयवीरसिंह देउवासमेत सञ्चालक रहेको मण्डलाले १४ पुस २०७८ मा अग्राधिकार सेयर ९५ हजार ६६ कित्ता, साधारण सेयर २४ हजार ५३४ कित्ता खरिद गर्‍यो । 

टुटल एपको कुल मूल्य एक करोड रुपैयाँ कायम गरिएको थियो । त्यसवापत एक लाख कित्ता शिक्षित भट्ट र उनका अर्का साझेदार भावना सुवेदीको नाममा जारी थियो । टुटलको आर्थिक अधिकारको धनी शिक्षित भट्ट आफैँ थिए भने एप्पल एप स्टोरको युजर, पासवर्ड र सोर्स कोडसमेत भट्टसँगै थियो ।

मण्डला होल्डिङस्ले सेयर खरिद गरेको एक वर्षपछि २०७९ असारदेखि टुटल सेवा नै बन्द भयो । यहीबीचमा भट्टले इमेलमार्फत २०७९ असार २९ मा मण्डला होल्डिङस्लाई टुटलको सम्पूर्ण सेयर आफैँले खरिद गर्ने र त्यसवापत १५ लाख दिने प्रस्ताव अघि सारे ।

तर, मण्डला होल्डिङस्ले उनको प्रस्ताव अस्वीकार गर्‍यो । यहीबीच भट्ट आफैँले मण्डलाको सहमतिबिना नै टुटल एप कब्जा गरेर ‘टुटल बाई ज्याप’मा परिवर्तन गरी सञ्चालन गरेको आरोप उनीहरूले प्रहरीमा दिएको निवेदनमा दाबी छ ।

हाल टुटल बाई ज्याप–एन्ड्रोइड रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ । जसका संचालकहरूमा रुविक जोशी, श्रेयशकृष्ण श्रेष्ठ र डेनम बझानाथेले छन् । 

टुटल एप ज्याप हाल गुगल एपमार्फत पाँच हजार डाउनलोड भएको देखिन्छ । प्रहरीसमक्ष भट्टले आफूमाथि मण्डला डिजिटलले लगाएको आरोप अस्वीकार गरेका थिए । टुटल विवादबारे मण्डला होल्डिङका सञ्चालक दिप्त शाहसँग सम्पर्क गर्न खोज्दा उनी आउन चाहेनन् । 

टुटल नेपाल प्रा.लि.का शिक्षित भट्टले पनि अनुसन्धानकै क्रममा रहेको विषय भएकाले आफूले कुनै प्रतिक्रिया दिन नमिल्ने बाह्रखरीलाई बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय