site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्याङखोलामा अस्तायो सञ्जिताको जीवन
Sarbottam CementSarbottam Cement

बागलुङ । सञ्जिता अधिकारी आउँदो माघ ६ गते बेलायत फर्कने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकी थिइनन् । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन् ।

दुर्भाग्य, सञ्जिताले श्रीमान्को जन्मथलो त टेकिन्, तर त्यो बाटो अब कहिल्यै फर्कने छैनन्  । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५, प्याङखोलामा भएको जीप दुर्घटनामा काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ की २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन् । दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन् ।

ढोरपाटन नगरपालिका–४, छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५, सतुंगलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लागे । दीपक पहिलेदेखि नै बेलायतमा बस्थे । बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याएनन् । काठमाडौंमै बिहे भयो । उतैबाट बेलायत लागे ।

Prabhu Bank
Agni Group
NIC Asia

बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आए । करिब सात वर्ष पहिलादेखि काठमाडौं बस्दै आएका दीपकको जन्मस्थान घुमेर मात्र बेलायत जाने रहर सञ्जितालाई थियो । लमजुङको पहाडघर छाडेर काठमाडौंमा बस्दै आएकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुगे ।

“घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई,” दुर्घटनामा घाइते भएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भनिन् ।

Global Ime bank

सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौंबाट छोरेगाउँ आएको बताउँछिन्, मनकुमारी । पुस २६ गते साँझ उनीहरू गाउँ पुगेका थिए । पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उनको परिवारले सात वर्षअघि छाडेर काठमाडौं पुगेको छोरेगाँउ घुमे । सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै पुस २८ गते ढोरपाटन घुम्ने योजना बनाएका दीपक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका–५, प्याङखोला अस्तुमा दुर्घटना भयो । जहाँ श्रीमान्को गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन–४, खुंगाका तिलक घर्तीको समेत ज्यान गयो ।

जीप सडकमा पल्टेपछि परिवारका सबै सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आएका दीपकलाई उपचारका निम्ति हेलिकोप्टरमा पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको छ ।

मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए । घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । थप उपचारका निम्ति उनीहरूलाई हेलिकोप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ ।

मनकुमारीका अनुसार, गैरे परिवारले ढोरपाटन घुम्नकै निम्ति जीप रिजर्भ गरिएको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय