site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ताइवानको राष्ट्रपतिमा विलियम लाइ निर्वाचित

काठमाडौं । ताइवानको राष्ट्रपतिमा सार्वभौमसत्तावादी विलियम लाइ निर्वाचित भएका छन् ।

ताइवानको स्वतन्त्रताको पक्षमा रहेको लाइ निर्वाचित भएसँगै चीनबाट अलग हुने प्रयासमा झनै बल मिलेको छ ।

निर्वाचनको नतिजाले बेइजिङ रुस्ट भएको र ‘ताइवान चीनको हिस्सा हो’ भन्दै विज्ञप्ति जारी गरेको बीबीसीले उल्लेख गरेको छ ।

Dabur Nepal
NIC Asia

बेइजिङले ताइवानलाई शान्तिपूर्ण तरिकाले चीनमा ल्याउने र आवश्यक परे बल समेत प्रयोग गर्ने भन्दै आएको छ ।

ताइवानको यो ऐतिहासिक चुनावलाई ‘युद्ध र शान्ति’बीचको निर्वाचनका रूपमा हेरिएको छ ।

ताइवानलाई स्वतन्त्र देश दाबी गर्ने डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) आठ वर्षदेखि सत्तामा छ ।

डीपीपीकै लाइले निर्वाचन जितेसँगै पार्टी लगातार तेस्रो कार्यकालका लागि शासन गर्ने भएको हो ।

राष्ट्रपति निर्वाचित भएपछि उनले ‘देश सही बाटोमा अघि बढ्ने र दायाँबायाँ वा पछाडि नफर्कने ’टिप्पणी गरेका छन् ।

लाइले निर्वाचनमा ४० प्रतिशत मत पाएका छन् । उनका प्रमुख विपक्षी उमेदवार कुओमिन्ताङ (केएमटी) पार्टीका हु यु–इ थिए ।

ताइवानमा सन् २००० देखि चीन समर्थित मानिने केएमटी र डीपीपीबीच प्रतिस्पर्धा छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro