site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाठेघरको मुखको क्यान्सर : कुन–कुन स्वास्थ्य संस्थामा हुन्छ निःशुल्क परीक्षण ?

काठमाडौं । नेपाली महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा देखिइरहेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार पाठेघरको मुखको नयाँ बिरामी देखिने दर १६.४ प्रतिशत प्रतिलाख रहेको छ ।

यसबाट मृत्यु हुनेको दर ११.१ प्रतिशत छ । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ सेवा दिँदै आएको छ । ‘पाठेघरको मुखको क्यान्सर रोकथाम निर्देशिका २०७९’मा भीआईए, एचपीभी टेष्ट, प्याप स्मेयर र एलबीसी विधिबाट निःशुल्क स्क्रिनिङ गरिने उल्लेख छ ।

कुन उमेरका महिलाले कहिले स्क्रिनिङ गराउने ?
सामान्य अवस्थाका महिलाको ३० देखि ४९ वर्षमा भीआईए र ३० वर्षभन्दा माथिका महिलाको एचपीभीमार्फत् स्क्रिनिङ गराउने निर्देशिकामा उल्लेख छ । यस्तै, एचआईभी संक्रमित महिलाहरूले २५ देखि ४९ वर्षमा भीआईए र २५ वर्षदेखि माथि एचपीभी स्क्रिनिङ गराउनुपर्ने हुन्छ ।

सामान्य अवस्थाका महिलाले तीन वर्षको अन्तरालमा एकपटक र एचआईभी संक्रमित महिलाले एक एक वर्षमा भीआईए परीक्षण गराउनुपर्ने हुन्छ ।

एचपीभी भने सामान्य अवस्थामा पाँच वर्षको फरकमा र एचआईभी संक्रमित महिलाले प्रत्येक तीन वर्षमा गराउनुपर्ने निर्देशिकामा उल्लेख छ ।
हाल सरकारले एचपीभीलाई नै एचपीभी डीएनएकोे रूपमा निःशुल्क परीक्षण सेवा दिँदै आएको छ ।

यी हुन् परीक्षण हुने अस्पताल तथा प्रयोगशाला
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु , काठमाडौं
परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं
निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौं
वीर अस्पताल, महाबौद्ध काठमाडौं

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहरू
विराटनगर,मोरङ
जनकपुर, धनुषा
धुलिखेल , काम्रे
कास्की, पोखरा
बुटवल, रुपन्देही
विरेन्द्रनगर, सुर्खेत
धनगढी, कैलाली

patheghar-1705193015.JPG
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro