site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अभ्यास खेलमा नामिबियाविरुद्ध नेपाली युवा टिम ६ रनले विजयी
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी यू–१९ विश्वकपका निम्ति दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले अभ्यास खेलमा नामिबियालाई ६ रनले पराजित गरेको छ ।

वर्षा कारण ३० ओभरमा झारिएको खेलमा नेपालले १४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नामिबियाले २९.५ ओभरमा सबै विकेट गुमाएर १३५ रन बनायो ।

नामिबियाका कप्तान बुसिङ वोल्स्चेंकले ५० रन जोडे । मोफितले १८ रनको योगदान गरे ।

नेपालका आकाश चन्द र गुलसन झाले तीन तथा दुर्गेश गुप्ताले दुई विकेट लिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा नौ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । नेपालका दीपकप्रसाद डुम्रोले अविजित ३२ रन जोडे । आकाश त्रिपाठीले २१, विशालविक्रम केसीले १४ र दीपक बोहराले १५ रन बनाए ।

नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान दुई विकेट लिए ।

यसअघि, नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ रनले पराजित गरेको थियो । विश्वकपअघिको यो औपचारिक अभ्यास खेल भने होइन । नेपालले औपचारिक अभ्यास खेल शनिबार स्कटल्यान्ड र मंगलबार वेस्ट इन्डिजसँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro