site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गरिबको छात्रवृत्ति खोस्न सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अंग्रेजी र नेपाली माध्यमको नाममा विभेदकारी शिक्षा दिन नहुने बताएका छन् । त्यस्ता विद्यालयलाई प्रदेश सरकारले कुनै सहयोग नगर्ने पनि उनले बताए ।

बिहीबार झापाको महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्तामोडको ६६औँ वार्षिकोत्सवमा बोल्दै कार्कीले भने, “हुँदा खाने र हुने खाने वर्गबीचको विभेदकारी शिक्षा दिने कार्य रोकिनुपर्छ ।”

भाषा ज्ञान नभएर माध्यम मात्रै भएको बताउँदै उनले विद्यालयमा धनीका छोराछोरीलाई अंग्रेजी र गरिबका छोराछोरीलाई नेपाली माध्यममा शिक्षा दिएर विभेद भइरहेको जिकिर गरे । कानुनले कसैलाई विभेद गर्ने छुट नदिएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

हुने खाने र कर्मचारी वर्गले गरिब विद्यार्थीका लागि राज्यले दिने छात्रवृत्ति सुविधा हात पार्न सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको विभेदकारी शिक्षा सुरु गरेको मुख्यमन्त्री कार्कीको आरोप थियो । 

Kedar-1704980119.jpg
 

कोसी प्रदेशको राजधानी विराटनगरसहित धेरै सहरमा सञ्चालित सामुदायिक विद्यालयले बोर्डिङका विद्यार्थी भर्ना गरेर अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेका छन् । ती विद्यालयले अभिभावक सहयोगका नाममा मासिक तथा परीक्षा शुल्क उठाउने गरेका छन् । विराटनगरकै विद्यालयहरूले वार्षिक ३० हजार रुपैयाँ अभिभावकसँग लिन्छन् ।

मुख्यमन्त्री कार्कीले भने, “सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर नभएको भन्दै निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने हुने खाने र कर्मचारी वर्गले किन समुदायिक विद्यालयमा पढाउन थालेका छन् ?,” उनले भने, “निजीमा पढेका विद्यार्थीले उच्च शिक्षाका लागि सरकारले दिने छात्रवृत्ति नपाएपछि सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्यममा पढाउन लगाएका छन् । तर, त्यो अंग्रेजी माध्यममा गरिबका छोराछोरीले भर्ना पाउँदैनन् । उनीहरूका लागि त्यही विद्यालयमा नेपाली माध्यममा पढाएर विभेद गरिरहेको छ ।”

धनी र गरिब भनेर दिने शिक्षाले गरिब विद्यार्थीमा सम्मानको भावना विकास हुन्छ कि विद्रोहको भन्दै मुख्यमन्त्री कार्की प्रश्न गरे । विभेदको खाडल बनाइन नहुने भन्दै उनले एउटै विद्यालयमा छुट्टाछुट्टै शिक्षा दिने विद्यालयलाई आफू सरकारमा रहुञ्जेल कुनै सहयोग नगर्ने बताए । विपन्नका छोराछोरीलाई उच्च शिक्षा लिन वञ्चित नहुन भनेर प्रदेश सरकारले बजेट विनियोजन गरेको उनले बताए । 

“डाक्टर बन्न चाहने गरिबका छोराछोरीको पैसा अभावमा पढाइ रोकिँदैन,” उनले भने, “चिकित्सा, पशु, कृषि, कानुनलगायतका विषयमा गरिबका छोराछोरीलाई पढाउन छात्रवृतिको व्यवस्था गरेर प्रदेश सरकारले मानवीय विकासका लागि पाइला चालिसकेको छ ।”

ज्ञान बाँड्ने थलो विद्यालय अहिले सर्टिफिकेट बाँड्ने कार्यालय भएको भन्दै मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गरे । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro