site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसईई खारेज गर्नु हुँदैन : राष्ट्रिय परीक्षा बोर्ड 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सरकारलाई सुझाव दिएको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा यसबारे छलफल भएको हो । 

छलफलमा बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न आग्र गरेको छ । आयोगले खारेज नगर्न प्रस्ताव गरेका छन् । 

बिनाअनुसन्धान एसईई हटाउन नसकिने उनको भनाइ छ । छिमेकी मुलुकहरूमा समेत कक्षा ८, १० र १२ मा बोर्ड परीक्षा हुने प्रावधान रहेको हकमा नेपालमा हटाउनुको परिणाम सकारात्मक हुन्छ नै भन्ने ग्यारेन्टी नभएको उनको भनाइ छ । 

“कक्षा ८ पछि १२ को परीक्षा लिने हो भने ५० प्रतिशत विद्यार्थी पास हुन्छन्, तर १० को परीक्षा हटाएमा यो दर ३० प्रतिशतमा झर्छ,” शर्माले भने ।  १० कक्षामा अनुत्तीर्ण भए पनि विद्यार्थीले १२ सम्म पढ्ने तर १२ मा फेल भए पढाइ नै छोड्नसक्ने भएकाले एसईई हटाउन नमिल्ने उनले बताए । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro