site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा निर्वाचन : उजुरी खारेज, विकको उमेदवारी कायमै 
निर्वाचन आयोगको कार्यालय ।

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा दलित समूहतर्फ विष्णु विकको उमेदवारी कायम भएको छ । नेकपा (माओवादी केन्द्र)का उनले सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएका हुन् । सहायक निर्वाचन अधिकृत उज्जवलदेव रावलले विकको उमेदवारी कायम भएको जानकारी दिए ।

नेकपा (एमाले)का हिक्मत विकले विष्णुको नाम प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा रहेको भन्दै उजुरी दिएका थिए । उनले बन्दसूचीमा रहेका व्यक्ति उमेदवार हुन नपाउने भन्दै खारेजीको माग गरेका थिए ।

तर, निर्वाचन आयोगले विकले बन्दसूचीबाट नाम फिर्ता लिएर उमेदवारी दिएको जानकारी गराएको रावलले बताए ।

“बन्दसूचीमा नाम रहेको भनी उजुरी परेको थियो । तर, निर्वाचन आयोगको बन्दसूचीबाट नाम हटिसकेको रहेछ, त्यसैले उहाँको उमेदवारी कायम भएको छ,” उनले बाह्रखरीसित भने ।

उमेदवारविरुद्धको उजुरीमाथि छानबिन गरी आज नामावली प्रकाशित गर्ने कार्यसूची छ । कर्णालीमा तीन सिटका निम्ति ६ जनाले उमेदवारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro