site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहमतिबाटै टीआरसी विधेयक पारित हुन्छ : कानुनमन्त्री 

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक आउँदो संसद् अधिवेशनमा सहमतिबाटै प्रस्तुत गरिने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले संक्रमणकालीन न्याय टुंग्याउने विषयमा अब छिटै सहमतिमा पुग्ने आशा बढेको उल्लेख गरे । अब विदेशीसँग संक्रमणकालीन न्याय टुंगो लगाउने विषयमा लाज मानिरहनुपर्ने र ढाँटिरहनुपर्ने आवश्यकता नहुने उनको भनाइ छ ।

“...हामीले बुँदा–बुँदा र शब्द–शब्द केलाएका छौँ । अझै सहमति खोज्नुपर्छ । सहमति खोज्ने नै हो । अब म सहमति हुन्छ भन्नेमा पुगेको छ,” उनले भने, “आउने अधिवेशनमा ट्रान्जिसनल जस्टिसको बिल सहमति भएर पेस भई पारित हुन्छ । सहमतिका लागि आठदेखि १० दिनसम्म अनौपचारिक रूपमा साथीहरू (समिति सदस्य/सांसद)सँग रहन्छौँ । शीर्ष नेतासँग पनि रहन्छौँ ।”

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाप्रति लक्षित गर्दै मन्त्री गुरुङले सो पार्टीले साथ दिए विधेयक सहमतिबाटै पेस गरिने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro