site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा र राप्रपाका सांसद भन्छन्– संक्रमणकालीन न्याय सहमतिबाटै अघि बढाऔँ
ध्रुवबहादुर प्रधान ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउने ठाउँमा पुगिसकेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलहरू सहमितको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी टुंग्याउनुपर्ने आवश्यकता रहेको औँल्याए । अप्ठ्यारो महसुस गरिएको ठाउँमा उदारता देखाएर भए पनि विधेयक टुंग्याउनुपर्नेमा उनले जोड दिए ।

Dabur Nepal
NIC Asia

“हामी धेरै नै नजिक भइसकेका छौँ । यो टुंग्याउने ठाउँमा पुगिसकेका छौँ । बाँकी जो छन्, यसमा पनि छलफल गरेर एक ठाउँमा लैजान सकिन्छ,” उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंगो लगाउनुपर्ने बताए । उनले विधेयकलाई पार्टीगत रूपमा मात्र लिएर बुझ्न नहुने उल्लेख गरे ।

“...पार्टीका सिद्धान्तहरू फरक–फरक हुन्छन्, त्यसभन्दा माथि उठेर गर्नुपर्छ । अझै पनि दुई महिना थपौँ, टुंग्याऔँ,” उनले भने । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro