site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई क्षतिपूर्तिसहित ५ लाख दिनुपर्ने
SkywellSkywell

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले तीन लाख जरिवाना र दुई लाख क्षतिपूर्तिसहित पीडितलाई पाँच लाख दिन आदेश दिएको हो ।

गौशाला २६ लाई बलात्कार गरेको आरोप लागेका उनलाई दोषी ठहर गर्दै सजाय र जरिवाना निर्धारण गरेको हो ।

"परिवर्तित नाम गौशाला २६ को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत, पिडितलाई परेको मानसिक असरसमेतलाई विचार गर्दा प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम आठ वर्ष कैद र दफा २१९ (३) (क) बमोजिम तीन लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असरलाई विचार गर्दा दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना रु तीन लाख र थप दुई लाख रकम क्षतिपूर्तिबापत प्रतिवादीबाट पिडितलाई भराइ दिने ठहर्छ," अदालतले भनेको छ ।

KFC Island Ad
NIC Asia

यसअघि पुस १३ गते जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको थियो । तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको थियो ।

Royal Enfield Island Ad

सहमतिमा करणी भएको नदेखिएकाले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको अदालतको ठहर छ ।

गत वर्षको भदौ २१ मा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनी गत वर्ष असोज २० मा पक्राउ परेका थिए ।

जाहेरीमा सन्दीपले ती किशोरीलाई भदौ ५ गते राति होटेल काठमाडौं इनमा लगेर बलात्कार गरेको उल्लेख थियो ।

सफाइ नपाएसम्म क्रिकेट नखेल्ने

यसैबीच क्रिकेटर लामिछानेले बलात्कारको मुद्दाबाट सफाइ नपाएसम्म खेल जीवनबाट आफूलाई अलग राख्ने भएका छन् । उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले आफूहरूले सन्दीपलाई मुद्दामा सफाइ नपाउँदासम्म खेल जीवनबाट अलग बस्न सुझाव दिएको बताए ।

“सन्दीप जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन जाने छन्,” अधिवक्ता घिमिरेले बाह्रखरीसँग भने, “उच्च अदालतबाट मुद्दामा सफाइ नपाउँदासम्म उनले आफूलाई खेल जीवनबाट पनि अलग राख्ने छन् । हामीले मुद्दामा सफाइ नपाउँदासम्म खेल जीवनबाट आफूलाई अलग राख्न 'एडभाइस' गरेका छौँ,” घिमिरेले भने ।

उनले सन्दीप आफैँले खेल जीवनबाट अलग रहेको घोषणा गरेपछि उनले खेल्न पाउँछन् वा पाउँदैनन् भन्ने बहस पनि जरुरी नरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro