site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
टेलिकमको सेवालाई चुस्त बनाउन आवश्यक : मन्त्री शर्मा
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताएकी छन् । 

बुधबार मन्त्रालयमा भर्चुअल माध्यमबाट नेपाल टेलिकमबाट रुकुम पूर्वको रुकुमकोट र रुकुम पश्चिमको मुसीकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिंक पुर्‍याएर फाइबर टू द होम (एफटिटिएच) सेवाको सुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् । 

Argakhachi Cement Island Ad

मन्त्री शर्माले टेलिकमले आफ्नो सेवाको साथै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन् । टेलिकमले आफ्ना सम्पूर्ण सेवाहरूको मर्मत सम्भारलाई पनि चुस्त दुरुस्त बनाउनुपर्ने उनको भनाइ थियो । 

"सेवाको मर्मतसम्भारलाई ध्यान दिन नसकेमा सेवाको गुणस्तरले मात्रै पनि काम गर्दैन, ग्राहक सेवालाई पनि ग्राहकमैत्री बनाउनुपर्छ," मन्त्री शर्माले भनिन्, "टेलिकमको ग्राहक सेवाको सम्बन्धमा गुनासाहरू छन्, ती गुनासालाई सम्बोधन गर्ने क्रममा छौँ ।"

मन्त्री शर्माले नेपाल टेलिकमको ग्राहक सेवालाई प्रभावकारी बनाउनको निम्ति बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिइन् । यसलाई २४ घण्टा सेवामा पुर्‍याउन आवश्यक छलफल भइरहको पनि जानकारी दिइन् ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्