site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपोलो मिसनको ५१ वर्षपछि चन्द्रमामा यान उतार्ने अमेरिकी प्रयास असफल
SkywellSkywell

काठमाडौं । चन्द्र धरातलमा अन्तरिक्षयान अवतरण गराउने अमेरिकी प्रयास असफल भएको छ । सोमबार फ्लोरिडाको केप क्यानभेरलबाट चन्द्रमामा अवतरण गराउने उद्देश्यले यान प्रक्षेपण गरिएको थियो ।

सन् १९७२ को अन्तिम अपोलो मिसनको करिब ५१ वर्षपछि अमेरिकाले चन्द्रमामा यान अवतरण गराउने प्रयास असफल भएको हो ।

यो मिसन प्रक्षेपण गरेको अमेरिकी कम्पनीले अन्तरिक्षयानको नियन्त्रण गुमाएको बताएको हो ।

KFC Island Ad
NIC Asia

पेन्सिलभेनियाको पिट्सबर्ग आधारित एस्ट्रोबोटिक कम्पनीले ‘पेरेग्रीन’ ल्यान्डरबाट इन्धन चुहावट भएसँगै मिसन असफल हुने भएको बताएको हो ।

यससँगै आधा शताब्दीपछि चन्द्रमाको सतहमा यान अवतरण गराउने पहिलो अमेरिकी प्रयास असफल बनेको हो ।

करिब एक हजार ८८ किलोग्रामको ल्यान्डर चन्द्रमाको उत्तरी गोलार्धमा फेब्रुअरीको अन्त्यमा अवतरण गराउने गरी प्रक्षेपण गरिएको थियो ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो मिसनमा चन्द्रमाको सतहको वातावरण अध्ययन गर्न पाँच यन्त्रहरू राखेको थियो ।

प्रक्षेपण गरिएको रकेटबाट बाहिर निस्कने बित्तिकै पेरेग्रिनमा समस्या देखिएको थियो ।

ल्यान्डरको ब्याट्री चार्ज गर्न सौर्य प्यानल सूर्यको दिशामा नघुम्दा समस्या देखिएको हो । यसको प्रोपल्सन प्रणालीमा ठूलो चुहावट भएका कारण उक्त समस्या देखिएको बताइएको छ ।

अमेरिकाले सन् १९७२ को डिसेम्बरयता चन्द्रमामा यान अवतरण गरेको छैन । पछिल्लोपटक भारतले सन् २०२३ को अगस्ट २३ मा पहिलोपटक आफ्नो यान चन्द्रमाामा अवतरण गराएको थियो ।

सन् १९६१ देखि सुरु भएको अमेरिकी अपोलो मिसनले सन् १९६९ को जुलाई २१ मा चन्द्रममा मानिस पु‍र्‍याएको थियो । यस दशकको अन्त्यतिर नासाले फेरि चन्द्रमामा मान्छे फर्काउने लक्ष्य राखेको छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro